बेइजिङको सैन्य परेडलाई ट्रम्पको प्रतिक्रिया, इयूले “स्वेच्छाचारी गठबन्धन” भन्दै आलोचना

Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई “प्रभावशाली तर योजनाबद्ध” भन्दै टिप्पणी गरेका छन्। उनले आफूले उक्त परेड अवलोकन गरेको बताएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा हिजो आयोजित परेडमा चीनले आफ्नो शक्तिशाली सैन्य क्षमता प्रदर्शन गर्‍यो। कार्यक्रममा राष्ट्रपति सी जिनपिङले अमेरिका विरोधी मानिएका नेताहरूलाई विशेष अतिथि बनाए। त्यस क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब दुई घण्टा लामो गोप्य वार्ता भएको समाचारमा जनाइएको छ। भेटमा पुटिनले किमलाई रूस भ्रमणका लागि निमन्त्रण पनि दिएका छन्।

ट्रम्पले भने आफूलाई आमन्त्रण गरिएको भए पनि परेडमा उपस्थित नहुने स्पष्ट पारेका छन्।

यसैबीच, युरोपेली सङ्घ (ईयू) की विदेश तथा सुरक्षा नीति प्रमुख काजा कल्लासले बेइजिङमा देखिएको दृश्यलाई “स्वेच्छाचारी गठबन्धनको प्रतीक” भन्दै कडा आलोचना गरेकी छन्। उनका अनुसार राष्ट्रपति सी जिनपिङ, पुटिन, इरानी नेतृत्व र किम जोङ उन एकै मञ्चमा उभिएको दृश्य केवल पश्चिम विरोधी देखावट मात्र नभई अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थामाथि प्रत्यक्ष चुनौती हो।

उनले यस्तो गठबन्धनले विश्व स्थिरता र नियममा आधारित प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको भन्दै पश्चिमी शक्तिहरूले संयुक्त प्रयासमार्फत यसको सामना गर्नुपर्ने आवश्यकता औंल्याइन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.