माघ३०, काठमाडौँ - काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ । बुधबार दिउँसो पाइप फुटेपछि जिल्ला अदालत काठमाडौं अगाडि सडक र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरूसमेत डुबानमा परेका छन् ।
काठमाडौ, माघ २० - पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलन झापाको दमकमा उग्र बनेको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन्।
सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ प्रत्यक्षदर्शीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मिलन केसीले गोली नचलाएको दाबी गरे। ‘बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा गर्न खोजिएको छ,’ उनले भने। उनले चार जना उग्रता प्रदर्शन गरिरहेका बन्दकर्तालाई नियन्त्रण लिइएको उनले जानकारी दिए।
‘अहिले उहाँहरूको कार्यक्रम लगभग सकिएको छ। स्थिति नियन्त्रणमा ल्याउने कोसिसमा छौं,’ एसपी केसीले भने।
२० माघ, काठमाडौं - हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका– १ घर भई सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित बोगटिटार बस्ने ६० वर्षीय प्लेत्ता तामाङको हत्या अभियोगमा शनिबार साँझ प्रहरीले एक जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उत्तरगया गाउँपालिकाकै ५ नम्बर वडा बोगटिटार बस्ने ४३ वर्षी बिचारी तामाङ रहेका छन् ।
माघ ०८/ गुल्मी - गुल्मीमा गुडिरहेको बसबाट खसेर एक महिलाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घास सिमलटारी सडकखण्डको धनार्जीमा बसबाट खसेर इस्मा गाउँपालिका-५ रातामाटाकी शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
बुटवलदेखि अर्खावाङ्ग जाँदै गरेको लु१ख ५७३६ नम्बरको बसबाट खसेर घाइते भएकी ३९ वर्षीय कुमाललाई अस्पतालले मृत घोषणा गरेको हो।
मंगलबार दिउँसो २ बजे धुर्कोट गाउँपालिका-५ धनार्जी उक्त घटना भएको थियो। प्रहरी उपरीक्षक दाहालका अनुसार कुमाल बसबाट ओर्ली भाडाको विषयमा विवाद भएको थियो। महिला गुडिरहेको बसको ढोकामा झुण्डिन खोज्दा खसेर घाइते भएकी थिइन्। बसबाट खसेर घाइते भएकी कुमाललाई उपचारको लागि सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याएको थियो।
अस्पातलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
चैत २८,अर्घाखाँची पाणिनी गाउँपालिका–८ को कोलडाँडामा कार दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनका छोरा इभान्स रहेका छन् । त्यस्तै पोखरा उपमहानगरपालिका–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
७ फागुन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।