२९ साउन, काठमाडौं – चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिकै बिहीबार दिउँसो भारतीय ट्रकमाथि सडकबाट ढुंगा खस्दा तीन जना घाइते भएका छन्।
नारायणगढबाट काठमाडौं तर्फ आउँदै गरेको केए ४३-६८५६ नम्बरको भारतीय ट्रकमा अचानक ढुंगा खस्दा चालक मेगुप्रसाद (४५, बैङ्लोर, भारत), उनका छोरा सयद अफिद (१८) र नहमान धुनियाँ (२१) घाइते भएका थिए। ट्रक चालक मेगुप्रसादको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।
घाइते तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। ढुंगाले ट्रकमा क्षति पुर्याउँदा सडक केही समय एकतर्फी सञ्चालनमा थियो। अहिले ढुंगा हटाइसकिएको र सडक दुईतर्फी सञ्चालनमा फर्किसकेको प्रहरीले जानकारी दिएको छ।
Post Views: 527






