४ भदौ, चितवन-चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन २३ देखि भदौ ३ गतेसम्म गरिएको नमुना परीक्षणमा नौ जना संक्रमित फेला परेका थिए। तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
यो रोग भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा देखिएको छ। जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
अचानक उच्च ज्वरो आउनु, टाउको तीव्र रूपमा दुख्नु, वान्ता हुनु, शरीर काम्नु र घाँटी दुख्नु यस रोगका प्रमुख लक्षण मानिन्छन्।
Post Views: 2,030






