१८ भदौ,काठमाण्डौ – सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
गत १३ गते शुक्रबार सुनको मूल्य दुई लाख नाघेपछि लगातार बढेको हो। हिजो सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो भने अघिल्लो दिन यो तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँमा थियो।
चाँदीको भाउ भने आज घटेको छ। चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य अहिलेसम्मकै उच्च तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो।
Post Views: 1,767






