कञ्चनपुरमा नुहाउने क्रममा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता, प्रहरीले संयुक्त रूपमा खोजी अभियान सुरु।
२५ साउन,कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा नुहाउने क्रममा महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बेपत्ता हुनेमा ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जीविका पन्त रहेका छन्।
दिउँसो साढे १ बजेतिर केही साथीहरूसँग नदीमा नुहाउने क्रममा उनीहरू डुबेका हुन्। बालिकाहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त अभियान सञ्चालन गरिरहेको छ।
Post Views: 410






