लायन्स क्लब अफ बुटवल सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ र सौन्दर्यकरण कार्यक्रम सम्पन्न

Shares

लायन्स क्लब अफ बुटवल सिद्धबाबाले सिद्धबाबा मन्दिर परिसरमा बाटिका तथा वरिपरि क्षेत्रको सरसफाइ र सौन्दर्यकरण कार्यक्रम सम्पन्न गर्‍यो। क्लबले सेल्फी जोन निर्माण गरी पर्यटक आकर्षण बढाउने योजना बनाएको छ।

२७ साउन, बुटवल — लायन्स क्लब अफ बुटवल सिद्धबाबाले आज बिहान सिद्धबाबा मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सरसफाइ तथा सौन्दर्यकरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष लायन्स भूमि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता थियो।

अध्यक्ष सापकोटाले मन्दिर समितिसँग सहकार्यमा खाली रहेको जग्गामा ढुंगामा आकर्षक पेन्ट गरी ‘सेल्फी जोन’ निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, यस कार्यले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि ज़ोन ३१ का चियर पर्सन, लायन्स क्लव सिद्धवावाका पूर्व अध्यक्ष  लायन नारायण तिवारीले नयाँ सदस्यसँगै पुराना सदस्य र पूर्व अध्यक्षहरूलाई पनि सक्रिय रूपमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो। साथै, नयाँ सदस्यहरूले संस्थाको उद्देश्य र गतिविधिबारे अनुभवी पदाधिकारी तथा पूर्व अध्यक्षहरूको अनुभवबाट सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो।

विशिष्ट अतिथि सिद्धबाबा मन्दिर परिसरका सचिव गणेश बहादुर अधिकारी उपस्थित उक्त कार्यक्रम क्लबका सचिव तुलसीराम न्यौपानेले सञ्चालन गर्नुभएको थियो भने संयोजकको जिम्मेवारी लायन्स नेत्रप्रसाद पाण्डेले वहन गर्नुभएको थियो।

बिहान ७ बजे सुरु भएको यो अभियानले मन्दिर परिसरलाई थप सफा र आकर्षक बनाउन योगदान पुर्‍याएको क्लबले जनाएको छ। साथै, क्लबले आगामी दिनमा पनि वातावरणमैत्री र पर्यटन प्रवर्द्धन गर्ने गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

😀
0
😍
1
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.