१४ भदौ, बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान)को निधन भएको छ। उहाँको आज बिहान ९ बजे हृदयघातका कारण मृत्यु भएको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले जानकारी दिएका छन्।
नगर प्रमुख खान शुक्रबार मात्रै मलेसिया भ्रमणबाट स्वदेश फर्किएका थिए। शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै निधन भएको वडाध्यक्ष मुसलमानले बताए।
‘उहाँ हिजो राति सम्म स्वास्थ्य अवस्थामा सामान्य देखिनु भएको थियो, तर बिहान उठेपछि अस्वस्थ भएपछि उपचारका लागि लैजाँदै गर्दा निधन भएको हो,’ वडाध्यक्षले भने।
नेपाली कांग्रेसबाट निर्वाचित खान ७० वर्षका थिए।
Post Views: 1,433






