तिलोत्तमा, रुपन्देही – राष्ट्रिय शैक्षिक परामर्श सङ्घ (NECA) लुम्बिनी प्रदेशको प्रथम साधारण सभा पौष २५ गते रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–स्थित टाइगर प्यालेस रिसोर्टमा भव्यताका साथ सम्पन्न भएको छ। शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउने साझा उद्देश्यसहित आयोजित यस सभाले वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे गहन विमर्श गरेको छ।
कार्यक्रम को बन्द शत्र NECA केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आतिथ्यतामा तथा NECA लुम्बिनी प्रदेश अध्यक्ष गणेश गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सहभागीहरूले साधारण सभालाई शैक्षिक परामर्श व्यवसायको वर्तमान अवस्था र भावी दिशाबारे साझा मञ्चको रूपमा महत्व राख्ने बताएका छन्।

साधारण सभाको बन्द सत्रमा NECA केन्द्रीय समिति प्रतिनिधिहरू, कोशी प्रदेश र लुम्बिनी प्रदेशका पदाधिकारीहरूको उपस्थितिमा स शैक्षिक परामर्श क्षेत्रको भूमिका, संस्थागत समन्वय र भावी कार्यदिशाबारे गहन छलफल गरिएको थियो। बन्द सत्रको स्वागत मन्तव्य उपाध्यक्ष सुसिल पाण्डेयले राख्नुभयो भने सञ्चालन सचिव नारायण पोखरेलले गर्नुभयो।
कार्यक्रमको सम्योजकत्व योगेश ढकालले गर्नुभएको थियो। आयोजकहरूले साधारण सभाले शैक्षिक परामर्श क्षेत्रलाई विश्वासयोग्य, पारदर्शी र उत्तरदायी बनाउँदै अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।
खुला सत्रमा पूर्व प्रतिनिधि सभा सदस्य सन्तोष परियार प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने उद्योग वाणिज्य महासङ्घ रुपन्देहीका कोषाध्यक्ष बसन्तप्रसाद ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यसबाहेक NECA केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेल, केन्द्रीय उपाध्यक्ष रमण कोइराला, कोशी प्रदेश अध्यक्ष मोहन तिगेला, ECAN रुपन्देही अध्यक्ष गोविन्द बस्नेत लगायतका शैक्षिक तथा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। विभिन्न विश्वविद्यालय तथा शैक्षिक क्षेत्रमा चासो राख्ने विज्ञहरूको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

साधारण सभाको अवसरमा शैक्षिक परामर्श क्षेत्रलाई योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। विशेष रूपमा पास एजुकेशन एन्ड अब्रोड स्टडीका CEO तथा NECA लुम्बिनी प्रदेश उपाध्यक्ष सुसिल पाण्डेयलाई सम्मान प्रदान गरिएको थियो एसै गरी Most Supportive Member को रुपमा सह-सचिब योगेश ढकाललाई सम्मान दिइएको थियो भने Active Member सम्मान दुर्गा पन्थीले प्राप्त गर्नुभयो। यस सम्मानले पेशागत मर्यादा, उत्तरदायित्व र सकारात्मक अभ्यासलाई प्रोत्साहन गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।
कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा नयाँ सदस्यहरूलाई औपचारिक रूपमा सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो, जसले संघको संगठनात्मक विस्तारलाई थप बलियो बनाएको आयोजकहरूले बताएका छन्। साथै, औपचारिक कार्यक्रमसँगै प्रस्तुत गरिएको सांस्कृतिक प्रस्तुतिले सभालाई थप जीवन्त र आकर्षक बनाएको थियो।

विदुर खनालको सञ्चालनमा सम्पन्न भएको उक्त खुला सत्रको समापन अध्यक्ष गौडेलले गर्नुभएको थियो। उहाँले सहभागी सबै अतिथि, सदस्य तथा शुभेच्छुकहरूको सल्लाह, सुझाव र मार्गदर्शनले संघलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो।







