विद्यार्थीको पहिलो रोजाइमा नेपाल इन्जिनियरिङ कलेज, प्रवेश परीक्षामा ४५० भन्दा बढी सहभागी

Shares

१ भदौ,काठमाडौं – नेपाल इन्जिनियरिङ कलेज (नेक) इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ बन्न पुगेको छ। मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रूपमा ३१ वर्षअघि स्थापना भएको यो कलेजले दक्ष जनशक्ति उत्पादनमा निरन्तर योगदान दिँदै आएको छ।

आगामी शैक्षिक सत्रका लागि शनिबार लिइएको स्नातक तहको प्रवेश परीक्षामा ४५० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका सयौं विद्यार्थीले सहभागीता जनाएका थिए। झाले भने, “यस पटकको प्रवेश परीक्षामा उल्लेख्य संख्यामा विद्यार्थीहरु आएका छन्, जसले नेपालमै इन्जिनियरिङ अध्ययन गर्न इच्छुकहरूको रुचि स्पष्ट देखाएको छ।”

काठमाडौं मात्र नभई धादिङ, पोखरा लगायत मोफसलका विद्यार्थी र अभिभावक समेत कलेजमा आकर्षित भएका छन्। धादिङका अभिभावक लक्ष्मण अधिकारीले कलेजलाई पुरानो, रिसर्च केन्द्रित र प्रयोगात्मक शिक्षण पद्धतिले सुसज्जित पाएको बताए। उनले थपे, “यो मुनाफारहित संस्था भएकाले शुल्क पनि सर्वसुलभ छ।”

त्यस्तै, काठमाडौं सितापाइलाका अनन्त डाँगीले आफ्नो छोरालाई प्रवेश परीक्षामा सहभागी गराएका छन्। उनले भने, “विद्यार्थीलाई प्रदान हुने सुविधा र शिक्षण शैली फरक भएकाले यो कलेज रोज्यौं। विदेश जाने लहडमा भन्दा आफ्नै देशमा गुणस्तरीय शिक्षा लिनु उत्तम ठान्छु।”

प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूले पनि शहरी कोलाहलबाट टाढा हरियालीपूर्ण वातावरण, पूर्णकालीन फ्याकल्टी, अत्याधुनिक प्रयोगशाला, पुस्तकालय, अन्तर्राष्ट्रिय एक्सपोजर र विभिन्न छात्रवृत्ति सुविधा कलेजको विशेषता भएको बताएका छन्।

नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त यो कलेजले गरिब, जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थीलाई सहज शुल्कमा अध्ययन गर्न सक्ने वातावरण मिलाएको छ। संस्था दर्ता ऐन २०३४ अन्तर्गत भक्तपुरमा दर्ता भएको नेक हाल नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिको व्यवस्थापनमा सञ्चालित छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.