नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा

Shares

२ भदौ,काठमाण्डौ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई रुबेला निवारण भएको देशको रूपमा घोषणा गरेको छ। डब्ल्यूएचओले आज जारी गरेको विज्ञप्तिमा लामो समयदेखि जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग अब नेपालमा नष्ट भएको स्पष्ट गरिएको छ।

दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले जारी गरेको विज्ञप्तिमा यो उपलब्धिले शिशुहरूको लागि स्वस्थ जीवनको सुरुवात र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उल्लेख छ। विज्ञप्तिमा स्वास्थ्य स्वयंसेविका, आम समुदायको सक्रियता र निरन्तर सहयोगकै कारण नेपालले यो सफलता हात पारेको प्रष्ट पारिएको छ।

नेपाल, दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्न सफल हुने छैटौं देश बनेको हो। रुबेला, जसलाई ‘जर्मन दादुरा’ पनि भनिन्छ, अत्यधिक सङ्क्रामक भाइरसजन्य रोग हो। यसले विशेषगरी गर्भवती महिलामा गम्भीर असर पार्ने गरेको छ, जसले गर्भपतन, मृत शिशु जन्म वा जीवनभरका लागि अपाङ्गता जस्ता जटिलता निम्त्याउन सक्छ। डब्ल्यूएचओका अनुसार यो रोगलाई खोपमार्फत रोकथाम गर्न सकिन्छ।

नेपालले सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी व्यापक अभियान सञ्चालन गर्दै रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो। त्यसपछि सन् २०१६ मा रुबेला खोपको दोस्रो मात्रा पनि नियमित खोप तालिकामा थप गरिएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.