२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक आह्वान गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ९ बजे सुरु हुने छ।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका सबै पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ।
Post Views: 1,232






