पाकिस्तानमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। बिहीवारदेखि अहिलेसम्म ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ। मृतकमध्ये धेरैजना खैबर पख्तुनख्वा प्रान्तका रहेका छन्, जहाँ मात्रै कम्तीमा १८० जनाको मृत्यु भएको छ।
कश्मीरमा ९ जना र गिलगित–बाल्टिस्तानमा ५ जनाले ज्यान गुमाएका छन्। यसबीचमा उद्धारका लागि प्रयोग गरिएको एक हेलिकप्टर मौसम खराबीका कारण दुर्घटनाग्रस्त हुँदा दुई पाइलटसहित ५ जनाको मृत्यु भएको छ।
सरकारले बुनर, बजौर, मानसेहरा, बट्टाग्रामलगायतका जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। देशभर आज एक दिनको राष्ट्रिय शोक मनाइँदैछ। विशेषज्ञहरूले जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसमी घटना दिनानुदिन बढ्दै गएको चेतावनी दिएका छन्।
Post Views: 710






