पाकिस्तानमा बाढी–पहिरो: ३३७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

Shares

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३७ जनाको ज्यान गएको छ भने अझै दर्जनौँ मानिस हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै बुनर जिल्लाका हुन्, जहाँ मात्र २०७ जनाको मृत्यु भएको छ। स्थानीय बस्तीहरूमा घरहरू पूर्ण रूपमा भत्किएका छन्, सडकहरू अवरुद्ध भएका छन् र ठूलो मात्रामा भौतिक संरचना नष्ट भएको अल जजिराले जनाएको छ।

पीडित स्थानीय बासिन्दाले बाढीबारे समयमै सचेत नगराएको भन्दै सरकारप्रति असन्तोष प्रकट गरेका छन्। तर सरकारको दाबी भने फरक छ। सरकारले आपतकालीन पूर्वसूचना प्रणाली सक्रिय रहे पनि वर्षा असाधारण रूपमा तीव्र भएकाले सूचना पुग्नुअघि नै बाढी आएको बताएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.