प्रचण्डको आरोप, ओलीको हावादारी गफले देश बर्बाद भयो

Shares

२९ साउन, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देशलाई बर्बाद गरेको बताएका छन्।

संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले केवल हावादारी गफ मात्र दिएको आरोप लगाए। उनले भने, “गफ दिँदा जे बोले पनि हुन्छ, तर यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभयो, त्यसले देश बर्बाद भएको छ।”

प्रचण्डले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य आफैले नियालिरहेको र सदनमा बोलेको कुरा यथार्थमै आधारित रहेको बताए। तर, हिजोमात्रै प्रधानमन्त्री ओलीले संसद्मै सम्बोधन गर्दै प्रचण्डसँग सँगै गएर अनुगमन गर्न आग्रह गरेका थिए।

यो विषयमा प्रतिक्रिया दिँदै प्रचण्डले थप भने, “मैले सदनमा बोलेको कुरा ठिक छ। प्रधानमन्त्रीले त्यसलाई मात्रै मुद्दा बनाउनुभएको छ, त्यो बेठिक छ।”

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.