“मलाई जहाँसुकै लगे पनि डर छैन,“अब कृष्ण जन्मिने होइन, जन्मेका नै बन्नुपर्छ: रवि लामिछाने

Shares

३१ साउन,काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई मंगलग्रह लगे पनि नडराउने बताएका छन्। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आउने क्रममा भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वणिम वाग्ले र प्रवक्ता मनिष झासँग यस्तो बताएका हुन्।

रविलाई भेटेपछि प्रवक्ता झाले भने, ‘सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।’

भेटमा सभापति लामिछानेले भैरहवामा १२६ दिन बसेको बताएको पनि सुनाए।

रविको भनाइ उदृत गर्दै थपे, ‘पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ। भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।’

राजनीतिक प्रतिशोधले जसरी सक्छन् जता सक्छन् लगेपनि आफू तयार रहेको बताएको उनले सुनाए।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछु रविले भेटमा भने, ‘४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे हुँ।’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.