दीपक बोहराको निधनपछि खाली भएको रुपन्देही–३, रास्वपाले कसलाई बनाउँछ उम्मेदवार?

Shares

१५ भदौ, काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन्। पार्टीले उम्मेदवार घोषणा गर्नुअघि उनीहरू ललितपुरस्थित नख्खु कारागार पुगेका हुन्।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। भैरहवा कारागारमा राखिएका उनलाई केही समयअघि नख्खु सारिएको हो।

रास्वपाले आजै सचिवालय बैठकमार्फत उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। उम्मेदवार घोषणा हुनु अघि नै आकांक्षीहरूले सभापतिलाई भेटेका हुन्।

रुपन्देही–३ बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। तीमध्ये पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन्। कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेक बाँकी पाँच जना भैरहवाका हुन्।
रुपन्देही–३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.