बुटवल, १ भदौ – रुपन्देहीमा खोलामा पौडी खेल्ने क्रममा एक बालक डुबेर मृत्यु भएको छ ।
स्थानीय कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्ग साथीहरूसँग कञ्चन खोलामा पौडी खेल्न गएका थिए।
इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खड्काका अनुसार, आइतबार दिउँसो करिब ३:३० बजे खेल्ने क्रममा बालक एक्कासी डुबे। उनलाई उद्धार गरी कपिलवस्तुस्थित पिपरा अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषित गरेको थियो।
मृतक बालकको शव पोस्टमार्टमका लागि पिपरा अस्पतालमै राखिएको छ।
Post Views: 1,913






