सुनसरी दुर्घटना: धरानमा बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

"सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनास्थल"
Shares

२६ साउन, धरान (सुनसरी)  रासस — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस आपसमा ठोक्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किएका हुन्।

प्रहरीका अनुसार मृत्यु हुनेहरूको पहिचान अहिलेसम्म खुल्न बाँकी छ। घाइतेहरूलाई इनरुवा, विराटनगर न्यूरो, र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.