अलास्कामा ट्रम्प–पुटिन शिखर सम्मेलन: युक्रेन संकटमा शान्तिको सम्भावना

"अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शिखर सम्मेलन, २०२५"
Shares

२०२१ पछि पहिलो प्रत्यक्ष ट्रम्प–पुटिन भेट अलास्कामा हुँदै। युक्रेन संकट समाधान वा जटिलता—विश्वको नजर यस शिखर सम्मेलनमा।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रबार अलास्कामा एक ऐतिहासिक शिखर सम्मेलन हुन लागेको छ। सन् २०२१ पछि दुवै नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, सम्मेलनलाई शान्ति स्थापनाको उच्चस्तरीय प्रयासका रूपमा हेरिएको छ।

अलास्का सम्मेलनको योजना ट्रम्पका विशेष दूत स्टीभ विटकोफको मस्को भ्रमणका क्रममा पुटिनसँग भएको भेटपछि सार्वजनिक गरिएको हो। यसअघि पुटिनले ट्रम्प प्रशासनलाई युद्धविरामको प्रस्ताव दिएका थिए। प्रस्ताव अनुसार, युक्रेनले केही भू–भाग छोड्नु पर्ने र अन्तर्राष्ट्रिय समुदायले रुसको दाबी मान्यता दिनुपर्ने शर्तहरू राखिएका छन्। ट्रम्पले पनि भू–स्वामित्वको आदान–प्रदान सम्भव हुनसक्ने संकेत गरेका छन्।

तर युरोपेली आयोग, फ्रान्स, इटाली, बेलायत, जर्मनी, पोल्याण्ड र फिनल्याण्डका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै, युक्रेनका मान्य सीमाहरूलाई जबर्जस्ती परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन्।

विश्लेषकहरूका अनुसार, यो सम्मेलनले युक्रेन संकट समाधानतर्फ महत्वपूर्ण मोड ल्याउन सक्छ, तर आपसी विश्वासको कमी र कठोर अडानका कारण वार्ता सफल हुने ग्यारेन्टी छैन। यद्यपि, युद्धविराम लागू भएमा दुई देशबीचको युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.