कांग्रेसको १५ औं महाधिवेशनमा देउवा पुनः सक्रिय हुने मार्ग खुला

Shares

१५ मंसिर, काठमाडौं – नेपाली कांग्रेसले १५ औं महाधिवेशनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा सक्रिय भूमिकामा फर्कन सक्ने गरी औपचारिक निर्णय गरेको छ।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले देउवाले कार्यवाहकलाई जिम्मेवारी दिएका अवस्थामै महाधिवेशनसम्बन्धी आवश्यक काममा पुनः सक्रिय हुन सक्ने व्यवस्था खुला राख्दै निर्णय गरेको हो।

निर्णयानुसार १५ औं महाधिवेशनसँग सम्बन्धित कार्यको क्रममा आवश्यक परेमा केन्द्रीय प्रतिनिधि खटाउने अधिकार सभापति देउवा वा कार्यवाहक सभापतिलाई रहनेछ। बैठकको निर्णयमा भनिएको छ, ‘महाधिवेशनसम्बन्धी कार्यमा आवश्यकताअनुसार पार्टी सभापति/कार्यवाहक सभापतिले केन्द्रीय प्रतिनिधि खटाउन सक्नेछन्।’

त्यसैगरी, नयाँ र नवीकरण गरिएको क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने प्रक्रियामा पनि देउवा सक्रिय हुने सम्भावना खुला राखिएको छ। निर्णयमा भनिएको छ कि क्रियाशील सदस्यता छानबिन समितिबाट सहमतिका साथ प्राप्त सूची सभापति वा कार्यवाहक सभापतिले केन्द्रीय कार्यसमितिमा पेश गर्ने र त्यसलाई अनुमोदन गरिनेछ।

महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू गठन गर्दा पनि परामर्श सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गर्ने व्यवस्था निर्णयमा उल्लेख छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.