बुटवल / कुलिनरी एकेडेमी अफ आर्ट्स नेपाल (CAAN) ले आफ्नो प्रथम वार्षिकोत्सव तथा Graduation Ceremony आगामी श्रावण १५ गते बिहान ११:११ बजे होटल स्वान, नयाँमिल मा आयोजना गर्ने भएको छ।
कार्यक्रममा होटल तथा हस्पिटालिटी क्षेत्रका व्यवसायी, होटल सञ्चालक, शेफ, विद्यार्थी, अभिभावक, समाजसेवी, युवा उद्यमी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा CAAN बाट विभिन्न Culinary तथा Hospitality सम्बन्धी तालिम पूरा गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण, उत्कृष्ट विद्यार्थी सम्मान, प्रथम वार्षिकोत्सव केक काट्ने कार्यक्रम तथा Hospitality Industry सँग सम्बन्धित Networking Session समेत आयोजना गरिनेछ।

CAAN ले स्थापना भएको एक वर्षको अवधिमा Diploma in Culinary Arts (DCA), Bakery & Pastry, Barista, Sushi तथा Mix Cooking लगायतका व्यावसायिक तालिम सञ्चालन गर्दै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको छ।
आयोजकका अनुसार कार्यक्रमले Culinary शिक्षा र Hospitality क्षेत्रको विकासमा सहकार्य, सीप विकास तथा रोजगारीका अवसर विस्तार गर्ने विश्वास लिइएको छ। साथै, वार्षिकोत्सवको अवसरमा श्रावण महिनाभरि सबै कोर्सहरूमा १०% विशेष छुट समेत प्रदान गरिएको जानकारी दिइएको छ।
कार्यक्रम विवरण:
* कार्यक्रम: 1st Anniversary Celebration & Graduation Ceremony
* मिति: २०८३ श्रावण १५
* समय: बिहान ११:११ बजे
* स्थान: होटल स्वान, नयाँमिल, रुपन्देही
– कुलिनरी एकेडेमी अफ आर्ट्स नेपाल (CAAN)
समाचार : बिनोद भुसाल





