गलत अभिव्यक्ति सच्याउन सरकारलाई निर्देशन दिन नेकपाको माग

Shares

काठमाडौँ — प्रतिपक्षी दल नेकपाका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्ति तत्काल सच्याउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गलत रहेको दाबी गर्दै हालसम्म त्यसलाई सच्याउने कुनै पहल नभएको बताए। उनले सभामुखले पनि सरकारलाई आवश्यक निर्देशन नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सांसद शर्माले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भई आफ्नो भनाइ सच्याउनुपर्ने उल्लेख गर्दै त्यसो नभएसम्म विपक्षी दलहरूको विरोध जारी रहने चेतावनी दिए।

उनले सरकारले संसद्को गरिमामाथि प्रहार गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफदेही बन्नुपर्ने बताए। साथै, संसद्को रोस्ट्रममा आएर प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र त्यसका लागि सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने उनको माग थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.