डा.मानबहादुर बीकेसँग पुस्तक वार्ता कार्यक्रम सम्पन्न

Shares

 

​बुटवल — ३२ औँ विश्व आदिवासी दिवस-२०८३ को अवसर पारेर बुटवलमा नेपाल सरकारका पूर्वसचिव, प्राध्यापक तथा लेखक डा. मानबहादुर बीकेद्वारा लिखित पुस्तकहरूमाथि  पुस्तक वार्ता कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

​सुख्खानगरस्थित गाउँको कोसेली घरमा आयोजित कार्यक्रममा लेखक डा. बीकेले आफ्ना सिर्जित २६ वटा पुस्तकहरूसहित नवीनतम कृति ‘राज्य, समावेशिता र विषम यात्रा’ लेख्नुको मुख्य पृष्ठभूमि र रचनागर्भबारे विस्तृत जानकारी गराएका थिए । उक्त कार्यक्रमको आयोजना ‘ रैथाने शिक्षा तथा सभ्यता प्रतिष्ठान नेपाल’ र ‘गाउँको कोसेली घर, सुख्खानगर, बुटवल’ को संयुक्त सहकार्यमा गरिएको थियो । कार्यक्रममा पुस्तकसम्बन्धी लेखकसँग अन्तरसंवाद, लेखकको हस्ताक्षरमा पुस्तक बिक्री तथा गाउँको कोसेली घर अवलोकन समेत गरिएको थियो ।

​कार्यक्रमका वक्ताहरूले डा. बीकेका साहित्यिक तथा प्राज्ञिक योगदानमाथि आ-आफ्नो धारणा राख्ने क्रममा साहित्यकार आर.बी. निश्चलले डा. मानबहादुर बीकेको नवीनतम कृति ‘राज्य, समावेशीता र विषम यात्रा’ माथि गहन समीक्षात्मक धारणा राखेका थिए । लुम्बिनी पर्यटन विकास परिषदका सदस्य माधवप्रसाद नेपालले तत्कालीन सामाजिक, जात तथा वर्ग विभाजन, समाजमा रहेका छुवाछूतको दूरावस्था र त्यसका विरुद्ध चालिनुपर्ने अभियान तथा संघर्षका विविध पक्षमाथि प्रकाश पारेका थिए । नेपाली पर्यासाहित्य प्रतिष्ठानका केन्द्रीय सचिव  दलबहादुर गुरुङले समयानुकूल बदलिँदो समय र परिवर्तनलाई आत्मसात गर्दै यस्ता वैचारिक तथा साहित्यिक सामग्रीहरूलाई भिडियो सामग्रीका माध्यमबाट समेत व्यापक रूपमा बाहिर ल्याउनुपर्ने सुझाव दिएका थिए ।  त्यसैगरी, प्रलेस,रुपन्देही,अध्यक्ष कृष्ण गाउँलेले नेपाली समाजमा रहेको छुवाछूतका कारण विभिन्न तहमा समाज विभाजन भइरहेको अवस्थामा, त्यसको विरुद्धमा निरन्तर आवाज उठाउने योद्धाहरूका योगदान र पाटोमा समेत आउँदा नयाँ कृतिहरूमा समेटिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

बाबुराम विश्वकर्माले डा. मानबहादुर बीकेको प्रेरणा र व्यक्तित्वकै कारण आफ्नो जीवनमा चेतनाको विकास भएको र आफू पठनपाठन तथा अध्ययनको क्षेत्रमा लाग्न प्रेरणा मिलेको भावुक अनुभव साटेका थिए भने जीवन परियारले आफ्नो जीवनकालमा समाज सुधारको कठिन अभियानमा हिँड्दा भोगेका तितोमिठा अनुभव र यथार्थताहरू प्रस्तुत गरेका थिए । साथै, गाउँको कोसेली घरका तर्फबाट समुद्र घिमिरेले मन्तव्य राख्दै पुस्तक तथा लेखकको वैचारिक यात्रामाथि आफ्ना विचार जोडेका थिए भने रेवन्त विश्वकर्मा र सुन्दर गहतराजले पनि कार्यक्रममा मन्तव्य राख्दै लेखक डा. बीकेको लेखनशैली र कृतिको सामयिक महत्वमाथि आ-आफ्ना धारणा, सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।

​विविध रचनात्मक गतिविधिहरूले भरिपूर्ण रहेको उक्त कार्यक्रमले बुटवल क्षेत्रको बौद्धिक र साहित्यिक बहसमा थप ऊर्जा थपेको सहभागीहरूले बताएका थिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.