तिनाउ पाल्पामा गूपदार्थ दुर्व्यसनि नियन्त्रण सम्बन्धि सचेतनामुखी गाेष्ठी सम्पन्न

Shares

२३ अशाेज बुटवल – लागूपदार्थ दुर्व्यसनी तथा मद्यपान नियन्त्रण सम्बन्धि सचेतनामुखी गाेष्ठी बिहिवार,पाल्पा तिनाउकाे झ्याङ्गला गाउँमा सम्पन्न भयाे ।

गाेष्ठीमा सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले लागूपदार्थ दुर्वव्यसनीकाे अर्थ,यसकाे प्रयाेग,अल्पकालीन तथा दीर्घकालीन असर र राेकथाममा समुदाय,प्रहरी प्रशासन र स्थानीय सरकारकाे भूमिका विषयमा प्रशिक्षणमूलक मन्तव्य दिएका थिए । उनले घरपरिवार र समाजबाटै लागूपदार्थ दुर्व्यसनी नियन्त्रणमा विशेष भूमिका खेल्नुपर्नेमा जाेड दिए ।

तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल,प्रमुख अतिथि रहेकाे उक्त गाेष्ठीमा उनले लागूपदार्थ दुर्वव्यसनी समाजकाे समस्या र चुनाैती रहेकाे बताउँदै नियन्त्रणका लागि स्थानीय सरकारले सचेतनामुखी अभियान सञ्चालन गर्ने बताए ।

दाेभान प्रहरी चाैकीका ईन्चार्ज रुमबहादुर केसीले देशकै मूल समस्याका रुपमा रहेकाे लागूपदार्थ दुर्व्यसनीलाई नियन्त्रण गर्ने प्रहरी प्रशासन सक्षम रहेतापनि स्थानीयहरुकाे साथ,सहयाेग अनिवार्य रहने बताए ।
उक्त गाेष्ठीमा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल,बँदेल पाेखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर केसी, थानिडाँडा मावि,व्यवस्थापन समितिका अध्यक्ष शेरजंग थापा, स्थानीयहरु चक्रव्युह थापा,दिलु याेञ्जनलगायतले लागूपदार्थ दुर्व्यसनी नियन्त्रणमा आफूहरु आआफ्ना ठाउँमा लाग्नुपर्नेमा जाेड दिए ।

लालीगुराँस महिला समूहकाे आयाेजना र झरना युवा क्लवकाे सहआयाेजनामा सम्पन्न उक्त कार्यक्रमकाे अध्यक्षता लालीगुराँस महिला समूहकी अध्यक्ष जानकी थापा,सञ्चालन यमुना घर्तिमगर र स्वागत राेजी थापाले गरेकी थिईन् । गाेष्ठीमा स्थानीय झ्याङ्गला गाउँका सय बढी बासिन्दाहरुकाे उपस्थिति थियाे ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.