फोहोर संकलन प्रतियोगितामा लियो क्लब अफ बुटवल स्टार्स चौथो

Shares

बुटवल, साउन १७ / ग्रीनशिफ्ट नेपालद्वारा आयोजित तथा रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको समन्वयमा सम्पन्न फोहोर संकलन प्रतियोगितामा लियो क्लब अफ बुटवल स्टार्सले चौथो स्थान हासिल गरेको छ।

वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न सामाजिक संस्था तथा युवा समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो। लियो क्लब अफ बुटवल स्टार्सका सदस्यहरूले पनि उत्साहका साथ सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

क्लबका अध्यक्ष लियो राजेन्द्र मल्ल (२०२६/२७) का अनुसार प्रतियोगितामा क्लबले चौथो स्थान प्राप्त गरेको हो। उनले यस्ता वातावरणीय अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवालाई सामाजिक सेवाप्रति थप जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले आगामी दिनमा पनि सरसफाइ, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएकोमा लियो क्लब अफ बुटवल स्टार्सले आयोजक ग्रीनशिफ्ट नेपाल, समन्वयकर्ता रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही, सहभागी स्वयंसेवक तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

रिपोर्टर : बिनोद भुसाल

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.