काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसक्दा काठमाडौंमै फर्किएको छ।
हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडान मार्फत बालेनसहितकाे पाँच सदस्यीय टोली बिहान ०९:१२ बजे झापा प्रस्थान गरेको थियो । तर, हेलिकप्टर डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै १०:१० बजे अवतरण भएकाे छ ।
कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिएअनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकी काठमाडौंमै फर्किएको हाे ।
रास्वपा नेता शाह काठमाडौंमा मत खसाले लगत्तै झापा प्रस्थान गरेका थिए।
उनी झापा-५ बाट प्रतिनिधिसभा सदस्यकाे उम्मेदवार छन् ।
Post Views: 220






