बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, सात बुँदे प्रतिबद्धता घोषणा

Shares

२० भदौ, नेपालगन्ज – बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम चौमासिक समीक्षा तथा वार्षिक प्रगतिसहित सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ। बास नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा करिब अढाई घण्टासम्म सरोकारवालासँग दोहोरो प्रश्नोत्तर भएको थियो। छलफलपछि सात बुँदे साझा प्रतिबद्धता घोषणा गरिएको छ।

घोषित प्रतिबद्धताहरूमा जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा प्रवाह गर्ने, भूमिहीन तथा सुकुम्बासीलाई मापदण्ड पूरा भएमा लालपुर्जा उपलब्ध गराउने, चाँदनी चौकदेखि उत्तरतर्फको अधूरो कल्भर्ट निर्माण गर्ने, पालिकाभित्रका विकास निर्माण काम समयमा सम्पन्न गर्ने, वडा नं. १ मा लामो समयदेखि रोकिएको एम्बुलेन्स सेवा सञ्चालन गर्ने, लक्षित समूह उत्थान कार्यक्रमअन्तर्गत शिपमूलक तालिम सार्वजनिक सूचना जारी गरी आवेदन दर्ता गर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउने लगायतका योजना समावेश छन्।

यी प्रतिबद्धतामा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्य, वडा अध्यक्षहरू र शाखा प्रमुखहरूले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले सहजीकरण गरेका थिए। संस्थाका केन्द्रीय महासचिव कल्पना अधिकारीले स्वागत र उद्देश्य प्रस्तुत गरेकी थिइन्। प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले पालिकाको प्रगति र उपलब्धी प्रस्तुत गरेका थिए भने बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए।

सुनुवाइमा २३५ भन्दा बढी व्यक्तिको सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.