मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

Shares

२९ असोज, जनकपुरधाम – मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने दाबी पाँच दलका नेताहरूले प्रदेश प्रमुख कार्यालयमा पेश गरेका छन्।

कुल ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाइएको हो।

मङ्गलबार मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोसपाको नेतृत्वमा सरकार बनाउने सहमति बनेको हो। उक्त गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोसपा सहभागी छन्।

बैठकमा जितेन्द्र सोनललाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय भएको नेताहरूले जनाएका छन्। तर, मन्त्रालयको भागबण्डा भने अझै टुंगिएको छैन।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.