माथागढीमा रास्वपाको संगठन विस्तार, लेखनाथ न्यौपानेको नेतृत्वमा तदर्थ समिति गठन

Shares

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाल्पाको माथागढी गाउँपालिकामा आफ्नो सांगठनिक उपस्थितिलाई बलियो बनाउँदै पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ । पालिकाका ८ वटै वडामा संगठन विस्तार गर्ने तथा पालिका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारीसहित ११ सदस्यीय गाउँ तदर्थ समिति गठन गरिएको हो ।

जिल्ला सभापति विष्णु भण्डारीको अध्यक्षतामा सम्पन्न प्रारम्भिक भेलाले लेखनाथ न्यौपानेलाई संयोजक र दिपेन्द्र गाहा (झमन) लाई सह-संयोजकको जिम्मेवारी सुम्पिएको छ । समितिको सदस्यहरूमा शेरबहादुर बिक, शंकर काफ्ले, भिमबहादुर सारु, पिताम्बर तिमिल्सेना, श्रीधर घर्ति र अर्जुन सुनार चयन हुनुभएको छ भने बाँकी सदस्यहरू आगामी बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

भेलामा विशेष अतिथिको रूपमा उपस्थित युवा नेता तथा माथागढी गाउँपालिका–१, चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले निर्माण सम्बन्धी योजना तथा बजेटका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो । उहाँले पुराना राजनीतिक दलहरूको अहंकार, दम्भ र भ्रष्टाचारका विरुद्ध ‘जेन्जी मुभमेन्ट’ पछि सिर्जित नयाँ राजनीतिक समीकरणले जनतामा आशा जगाएको बताउनुभयो । माथागढीका विभिन्न क्षेत्रमा विद्यमान टेलिफोन नेटवर्क, विद्युत् र यातायातको समस्या समाधानका लागि आफूले केन्द्र र प्रदेश सरकारसँग आवश्यक पहल थालिसकेको जानकारी दिँदै उहाँले परिवर्तन र विकासका लागि नयाँ शक्तिमा आबद्ध हुन सबै पालिकाबासीलाई आग्रह समेत गर्नुभयो ।

यसैगरी जिल्ला अध्यक्ष विष्णु भण्डारीले रास्वपाको संगठनलाई गाउँगाउँसम्म पुर्‍याउने पार्टीको योजना अनुसार माथागढीमा प्रारम्भिक कमिटी बनाइएको स्पष्ट पार्नुभयो । उहाँले स्रोत र साधनको प्रचुर सम्भावना बोकेको माथागढीको विकासमा रास्वपाले ठोस ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.