असाेज ३, बुटवल / संविधान दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न रम्भादेवी सेकेण्डरी स्कुल बुटवल-१२, तामनगरमा आयोजित वक्तृत्वकला कार्यक्रममा विद्यालयका सहप्राचार्य कमल खनालज्यूको अध्यक्षतामा “नेपालको संविधान, हाम्रो अधिकार र कर्तव्य” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
उक्त कार्यक्रममा ६ देखि १० सम्मका २२ जना विद्यार्थीहरु सहभागी थिए। विद्यार्थीहरूमा संविधान, नागरिक अधिकार तथा कर्तव्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। सहभागीहरूले नेपालको संविधान, मौलिक अधिकार, नागरिकका कर्तव्य, लोकतान्त्रिक मूल्य–मान्यता तथा राष्ट्रिय एकताका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा समृद्धि पराजुलीले प्रथम, अनुष्का पराजुलीले द्वितीय, प्रशान्त भण्डारीले तृतीय तथा स्वीकृति रोकाले सान्त्वना स्थान हासिल गरेका छन् ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजयी विद्यार्थीहरूलाई बधाई तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा संविधानप्रतिको सम्मान, अधिकारको सचेतना र कर्तव्यबोध विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जानकारी दिए काे छ।





