राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

Shares

४ भदौ, विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन। साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको कटुवालले जानकारी दिए।

दाहाल पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएका थिए।

प्रहरीका अनुसार उनलाई आइतबार नै काठमाडौं पठाउने तयारी गरिएको छ। दाहाल बेलबारीमा एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। यद्यपि, उक्त कार्यक्रमबारे प्रहरीलाई पूर्वजानकारी नभएको कटुवालले बताए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.