बुटवल । रुपन्देही सबै पालिकामा भोलि शोक विदा हुने भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलवानको निधनको शोकमा जिल्ला समन्वय समितिले शोक विदा दिएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोबीद्वारा जारी सूचनामा जिल्लाका सबै स्थानीय तह, विद्यालय र गैरसरकारी संस्थाका कार्यालयमा शोक विदा दिने उल्लेख छ । सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
नगर प्रमुख मुसलवानको शनिवार हृदयघात भइ निधन भएको थियो ।
Post Views: 777






