तिलोत्तमा,रूपन्देही
रोटर्याक्ट क्लब अफ मनिग्रामको सातौँ पदस्थापना तथा नेतृत्व हस्तान्तरण समारोह रुपन्देहीको ड्राइभरटोलस्थित होटेल टुलिपमा भव्यताका साथ सम्पन्न भएको छ। रोटरी क्लब अफ मनिग्रामको प्रायोजनमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो। पूर्व अध्यक्ष आयुष पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष बिनोद बस्यालले नवनिर्वाचित अध्यक्ष सिराज गैरेलाई ग्याभेल तथा पदभार हस्तान्तरण गर्नुभएको थियो। पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष गैरेले आफ्नो कार्यकालमा युवा सशक्तिकरण र सामाजिक सेवाका गतिविधिहरूलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीले समाजमा व्याप्त लागूऔषध दुर्व्यसनी र साइबर अपराधजस्ता विकृति नियन्त्रण गर्न प्रहरी र युवा वर्गबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी क्लबका संस्थापक अध्यक्षकृष्णप्रसाद बस्यालले संस्थाको स्थापनाकालका चुनौतीहरूको स्मरण गर्दै मनिग्राम रोटर्याक्टले छोटो समयमै युवा नेतृत्व निर्माण र सामाजिक सेवामा स्थापित गराएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले नयाँ कार्यसमितिलाई संस्थाको गरिमा, मूल्य-मान्यता र सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च राखेर अगाडि बढ्न सुझाव दिनुभयो।
समारोहमा विशिष्ट अतिथिहरू रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ का DRR प्रकाश शर्मा, रोटरी डिस्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर शिव ज्ञवाली, रोटरी क्लब अफ मनिग्रामका अध्यक्ष कृष्ण भण्डारी, रोटरी संस्थापक अध्यक्ष राजु देवी ज्ञवाली, तथा रोटरी युथ सर्भिस चेयर राजेन्द्र ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी past DRR विक्रम क्षेत्री, ADRR निराजन अर्याल, ZRR गणेश भुसाललगायत विभिन्न महानुभावहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सागर न्यौपाने र सिर्जल शर्माले गर्नुभएको थियो भने कोषाध्यक्ष महेन्द्र लुइटेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो।





