लतभन्दा शिक्षालाई रोज्न ‘द मर्निङ बिट’ कार्यक्रम हुँदै, प्रवेश निःशुल्क

Shares

बुटवल , कात्तिक माउन्टेन सहारा एजुकेशनल हबले स्वास्थ्य र शिक्षामाथि जागरण ल्याउने उद्देश्यका साथ नेपालमै पहिलो पटक विशेष कार्यक्रम ‘द मर्निङ बिट’ आयोजना गर्ने भएको छ। यो कार्यक्रम कात्तिक १५ गते, २०८२ (शनिबार) बिहान ७ बजे बोधि भिल्ला, मंगलापुरमा आयोजना हुनेछ। ‘कफी, डीजे र उज्यालो भविष्य’ भन्ने आकर्षक नाराका साथ सञ्चालन हुने यस कार्यक्रममा ‘लतभन्दा स्वास्थ्य र शिक्षालाई रोजौं’ भन्ने सन्देश प्रवाह गरिनेछ। कार्यक्रममा डीजे भी–रकको विशेष प्रस्तुति रहनेछ भने कफी सेसन, प्रेरणादायी सन्देशहरू तथा युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने विविध गतिविधिहरू पनि समावेश गरिनेछन्।

माउन्टेन सहारा एजुकेशनल हबका सञ्चालक आलोक भट्टराईका अनुसार नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमले युवालाई मनोरञ्जनसँगै स्वास्थ्य र शिक्षाको महत्त्व बुझाउने उद्देश्य लिएको छ। उनले भने, “यो कार्यक्रम केवल रमाइलोका लागि होइन, जीवनलाई सही दिशातर्फ लैजाने प्रेरणाको यात्रा हो।”

प्रवेश निःशुल्क रहने यस कार्यक्रममार्फत माउन्टेन सहारा एजुकेशनल हबले मनोरञ्जन, शिक्षा र सामाजिक सन्देशलाई एउटै मञ्चमा जोड्ने नयाँ पहिचान स्थापित गर्न खोजेको जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.