वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

Shares

धनगढी, ८ असार । कञ्चनपुरमा सार्वजनिक कार्यक्रमका क्रममा वडाध्यक्षमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा पुगेर कुँवरले हातपात गरेको आरोप लागेको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको देखिन्छ।

घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

डीएसपी रावतले वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी दिएको जानकारी दिँदै कानुनी प्रक्रिया अगाडि बढाइएको बताए।

यता कुँवरले भने आफ्नो फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी छन्।

कुँवर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्य हुन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.