शान्तिभूमि लुम्बिनीमा अक्सफोर्ड मावि बुटवलका नवआगन्तुक विद्यार्थीलाई स्वागत

Shares

१७ साउन,बुटवल- बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन्।गाैतमबुद्धको पवित्र भूमि लुम्बिनीको सभाहलमा भ कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतितिको रूपमा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारी रहेका थिए।स्वागत कार्यक्रममा अभिभावक संघ केन्द्रीय सदस्य तथा रूपन्देहि अध्यक्ष अध्यक्ष लोकनाथ ज्ञवाली,विवेस अध्यक्ष दुर्गादत्त भण्डारी,क्याम्पस प्रमुख मनोज मरासिनी,क्याम्पस अध्यक्ष अजित खनाल ,काेडिनेटर नारायण सापकोटा,भरत क्षेत्री,बालकृष्ण पोखरेल लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख आकर्षण रूपमा चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको थियो। आफ्ना हास्यव्यङ्ग्यका माध्यमबाट गजुरेलले विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।यसले कार्यक्रमलाई थप रमाइलो बनाउनुका साथै सहभागीहरूमा सकारात्मक ऊर्जा समेत सञ्चार गरेको थियो। गजुरेलको प्रस्तुतिसँगै कक्षा १२ का विद्यार्थीहरूले विभिन्न नृत्य र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए।

स्वागत कार्यक्रममा मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गर्न र शैक्षिक जीवनमा सफलता हासिल गर्न विभिन्न प्रेरणादायी विचारहरू प्रस्तुत गरेका थिए।

गाैतमबुद्वको पावनभूमि शान्ति र आध्यात्मिकताको मुहान,जहाँबाट बुद्ध दर्शनको ज्योति फैलिएको मानव जातिको लागि प्रेरणा र शान्तिको सन्देश दिने पवित्र भूमिमा आयोजना गरिएको स्वागत समारोहले विद्यालयको शैक्षिक वातावरणलाई थप जीवन्त बनाउँदै विद्यार्थीहरूबीचको सम्बन्धलाई मजबुत बनाएको भन्दै उपस्थित सम्पूर्णमा प्राध्यापक सुमन भुसालले विद्यालयका तर्फबाट स्वागत गरेका थिए।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसाले केहि वर्षभित्रै अक्सफोर्डलाई विदेशी विद्यार्थीले समेत पढ्न आउने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको र यसलाई साकार पारेरै छाड्ने दृढता व्यक्त गर्दै त्यसको गृहकार्यमा आफूहरू लागेको बताउदै अवको केहि बर्षमा अक्सफोर्ड विदेशी विद्यार्थीहरूले पठन आउने थलो बन्नेमा विस्वस्त रहन आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले अक्सफोर्डले विगतदेखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको स्मरण गर्दै यहि महिनाभित्र आउने कक्षा १२ को रिजल्टमा पनि नेपाल प्रथम भइ उत्कृष्टता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउदै शिक्षालाई व्यबहारसँग जोडनुपर्नेमा जोड दिए।कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी,दुर्गादत्त भण्डारी ,विद्यार्थीहरू प्रतिक भण्डारी, द्विजा आचार्य, विभेचना प्रसाई, सन्ध्या यादव र स्वीकृति अवस्थी लगायतका विद्यार्थीहरूले पनि आफ्नो विचार राखेका थिए।
कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय विज्ञान हमाल र निकिता चौहानले गरेका थिए भने कार्यक्रमको संयोजनको जिम्मेवारी झविन्द्र मरासिनीले सम्हालेका थिए। स्वागत कार्यक्रम मनोरञ्जन, प्रेरणा र आपसी सद्भावको एक अनुपम संगम बनेको कोडिनेटर बालकृष्ण पोख्रेलले प्रतिक्रिया दिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.