श्रृङ्गेश्वर धाम ज्येष्ठ नागरिक मिलन केन्द्रको अधिवेशन सम्पन्न: यदु पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन।

Shares

रुपन्देही, तिलोत्तमा–४ डिङ्गरनगर — श्रृङ्गेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रको छैठौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। कार्यक्रमले यदुनाथ पाण्डेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता केशवराज पोखरेल तथा निर्वाचन समितिका सदस्यहरू अधिवक्ता माधवप्रसाद घिमिरे र अधिवक्ता मणि बस्यालको सहजीकरणमा नयाँ नेतृत्व चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यदुनाथ पाण्डे,उपाध्यक्षमा ओमीकला पुन,सचिवमा इश्वरीप्रसाद गौतम,कोषाध्यक्षमा मधुसुदन पाण्डेय र सदस्यहरूमा कुशानन्द न्यौपाने, भारती जोशी र मैया भुसाल रहनुभएको छ।

संस्थाका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वडा नं. ४ का अध्यक्ष हरिबहादुर क्षेत्री, वडा अध्यक्षहरू कल्याण पौडेल, फर्सुराम गिरी, गणेश पाठक तथा वडा सदस्य मित्रलाल न्यौपाने लगायतको

आतिथ्यता रहेको थियो।

कार्यक्रममा आफ्नो विचार राख्दै प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले यस केन्द्रले ज्येष्ठ नागरिकहरूको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो—यो केन्द्र तिलोत्तमाको मात्र नभएररूपन्देहीवासीकै गौरवको विषय हो। ज्येष्ठ नागरिकहरूको सम्मान, आराम र सुखद जीवनका लागि बनेको यस संस्थाको विकासमास्थानीय सरकारको तर्फबाट सदैव पूर्ण सहयोग रहनेछ र यसका लागि सबै पक्षले हातेमालो गर्नुपर्छ।“त्यस्तै, कार्यक्रममा संस्थाका प्रमुख संरक्षक डा.नारायणप्रसाद पन्थ र संरक्षक ऋषि भण्डारीले संस्थाको पृष्ठभूमि र भावी आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँहरूले आफ्नो भनाइ राख्दै गुल्मेली सम्पर्क समाज रूपन्देहीको गुरुयोजनाअनुसार स्थापना भएको यो ज्येष्ठ नागरिक मिलन केन्द्र सबैको साझागौरवको आयोजना भएको हुँदा यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबाट आगामीदिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।कार्यक्रममा उपस्थित वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले पनि ज्येष्ठ नागरिक मिलन केन्द्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै वडास्तरबाट गर्नुपर्ने सहकार्य र सहयोगमा सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

मिलन केन्द्रका सचिव दया भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी दिनका योजनाहरूब्रारे समेत व्यापक छलफल भएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.