बुटवल । उच्च शिक्षा अध्ययनकालागि बाहिर जाने विद्यार्थीहरुकालागि बुटवलको ट्राफिकचोकमा एजुकेशन ट्रि ग्लोवल (ईटीजी) को शाखा शुभारम्भ गरिएको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसएलगायत युरोपियन देशहरुमा अध्ययनकालागि जाने विद्यार्थीहरुको सजिलो र सहजकालागि बुटवलमा ईटीजीले आफ्नो तेस्रो शाखाको शुभारम्भ गरेको हो । शाखाको शुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख धुर्व खरेलले विदेश जाने विद्यार्थीको सहजकालागि बुटवलमा जीटीजीले शाखा विस्तार गरेर सकारात्मक कार्य गरेको बताउनुभयो । उहाँले विदेश जानेहरुकालागि सहज र सजिलो सेवामात्र होइन गुणस्तरीय सेवासँगै विदेशमा अध्ययन गरेर नेपालमै केही गर्ने वातावरणको सृजना गर्न अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
बैदेशीक युवा पलायनले मुलुक धरासायी बन्दै गएको भन्दै उहाँले विदेश पढ्न गएका युवाहरुलाई स्वदेशमै रहने वतावरणको सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा ईटीजीका संचालक क्षितीज पौडेलले अहिलेसम्म ईटीजीले स्थापनाको चार वर्षमा एक हजारबढीलाई उच्च शिक्षा अध्ययनकालागि बाहिर पठाएको जानकारी दिदै बुटवलमा शुभारम्भ भएको शाखाबाट यस क्षेत्रका अध्ययनशिल युवाकालागि सहज र सजिलो हुने बताउनुभयो ।
उहाँले बाहिर जानकालागि राजधानीनै धाउनु पर्ने अवस्थालाई कम गर्नकालागि बुटवलका शाखा विस्तार गरिएको जानकारी दिनुभयो । कार्यक्रममा ईटीजीका बुटवल शाखा संचालक सुरज खरेलले बुटवलमा स्थापनाको ६ महिनाका १० जना विद्यार्थीलाई अध्ययनकालागि विदेश पठाएको बताउँदै सहज र गुणस्तरीय सेवामा ईटीजीले कुनै पनि सम्झौता नगर्ने बताउनुभयो । ईटीजी बुटवलका अर्का संचालक जीवन अधिकारीले काठमाण्डौ पुतलीसडकमा रहेको ईटीजीका शाखा अष्ट्रेलियामा रहेको हुँदा त्यहा जाने विद्यार्थीहरुलाई परामर्श र समस्यामा सहयो पुग्ने विश्वास ब्यक्त गर्दै सिराहामा दोस्रो र सोमबारदेखि चितवनमा तेस्रो शाखा विस्तार हुने जानकारी दिनुभयो ।






