एक बर्षमा विद्युत् प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, नाफा ९ अर्ब

Shares

भदौ १, काठमाडौं / गत आर्थिक बर्ष २०८१–८२ मा नेपाल विद्युत् प्राधिकरणले नौ अर्ब ६ करोड ७० लाख रुपियाँ नाफा कमाएको छ । प्राधिकरणको ४० औं बार्षिक उत्सव समारोहमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आवमा सो बराबरको नाफा भएको बताएका हुन् ।

यो कर तिर्नु अघिको नाफा हो । यद्यपि, यो अघिल्लो आव २०८०–८१ को भन्दा ३७.३२ प्रतिशतले कम हो । अघिल्लो आवमा प्राधिकरणले १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२–७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपियाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आव ०७३÷७४ यता भने निरन्तर नाफामा छ ।

गत आवमा प्राधिकरणले विद्युत् बिक्री गरेर एक खर्ब ३८ अर्ब ८७ करोड रुपियाँ आम्दानी गरेको छ । सञ्चाल खर्च, विद्युत् खरिद, व्याज खर्च गरेर कुल खर्च भने एक खर्ब १९ अर्ब ८१ करोड रुपियाँ पुगेको छ । यसरी गत आवमामा प्राधिकरणको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपियाँ कायम भएको हो । समीक्षा बर्षमा प्राधिकरणको सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपियाँ पुगेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.