एमाले लुम्बिनी प्रदेशद्वारा स्थानीय नेतृत्व सशक्त बनाउन तीन दिने तालिम कार्यक्रम सुरु

Shares

भदौ १३, बुटवल – नेकपा (एमाले) लुम्विनी प्रदेशले पाल्पा, गुल्मी र अर्घाखाँचीका नगर तथा गाउँ कमिटीका अध्यक्षहरुका लागि तीन दिने प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि बुटवलमा शुरु भएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीलाई जगैदेखि बलियो बनाउन तथा स्थानीय नेतृत्वले काम गर्दा आइपर्ने चुनौतिलाई सामना गर्नका लागि यो प्रशिक्षण कार्यक्रम राखिएको बताउनु भयो ।
सहभागीहरुको आवश्यकताका आधारमा तयार गरिएको पाठ्यक्रममा आधारित यो प्रशिक्षणबाट नयाँ उत्साहाकाथ पार्टी काम हुने विश्वास पार्टीले लिएको छ, उहाँले भन्नुभयो ।
पार्टी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य डा.आरसी आचार्यले पार्टीले नेतृत्व गरेका हरेक पालिकामा फरक तरिकाले काम गर्न र जे कुरामा पनि असन्तुष्ठी मात्र जनाउने प्रवृत्ति नेपालका लागि महा रोग भएकोले यस्ता विषयमा कसरी चिरेर जाने भनेर योजना वनाउन आवश्यक रहेको बताउनु भयो ।
युवराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा स्कुल विभागका उपप्रमुख दलवहादुर गुरुंगले विभागका काम, आगामी दिनका योजना, ३ दिनसम्म सहभागीले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा जानकारी गराउने भयो ।
प्रशिक्षणको पहिलो दिन उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले विकास, राजनीति र आजको सन्दर्भ, प्रदेश कमिटी सदस्य युवराज घिमिरेले वैठक सञ्चालन र मायन्युट लेखन तथा दलवहादुर गुरुंगले तालिम व्यवस्थापन तालिमवारे प्रशिक्षण दिनु हुने छ ।
दोश्रो दिनको प्रशिक्षणमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डीआर घिमिरेले पार्टी गतिविधिमा प्रचार शैली, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले बजेट तथा कार्यक्रम तर्जुमा, प्रदेश लेखा कमिटी सचिव बाबुराम विकले लेखा विधि व्यवस्थापन र केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनालले अर्थ राजनीतिवारे प्रशिक्षण दिनुहुनेछ ।
कार्यक्रमको अन्तिम दिन पार्टीसंग जन संगठनको सम्वन्ध र सहकार्य तथा पार्टी सञ्चालन र व्यवस्थापनका क्रमसः प्रदेश कमिटी सदस्य कल्पना थापा र रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य नरवहादुर घर्तीले सहजीकरण गर्ने कार्यक्रम छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.