कपिलवस्तुमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु, सडकमै बस पल्टियो

Shares

चन्द्रौटा, कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसबासमा बिहीबार बिहान  दुर्घटना हुँदा एक पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौँबाट धनगढीका लागि छुटेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकमै पल्टिएको हो।

मृत्यु हुनेमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० देखि ५५ वर्षका पहाडिया मूलका पुरुष रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

दुर्घटनामा बसमा सवार १७ जना यात्रुमध्ये पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा जि. कन्चनपुर बेदकोट न.पा.७ का ४३ वर्षीय जग्गुराम दगौरा, जि. काठमाण्डौ बुढानिलकण्ठ न.पा.६ का ४५ वर्षीय टेकेन्द्र खत्री, जि. कन्चनपुर भिमदत्त न.पा.१० का २४ वर्षीय भरत नाथ, जि. कन्चनपुर लालघारी गा.पा.१ का ३६ वर्षीय भिम ब. चौधरी र जि. कन्चनपुर गुलरिया न.पा.४ की १४ वर्षीया रितु लोहार रहेका छन्।

घाइतेहरूको उद्धार वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरे र अस्थायी ट्राफिक प्रहरी पाेष्ट चन्द्राैटाका प्रमुख प्रहरी नायब निरीक्षक निरज गाैतम सहितको प्रहरी टाेलीले गरेको थियो। उनीहरूको अहिले सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.