कान्ति माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न ।

Shares

बुटवल, श्रावण

बुटवलस्थित कान्ति माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न गरेका छन्। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित एक विशेष समारोहका बिच उक्त स्वागत कार्यक्रम सम्पन्न भएको हो।

कक्षा १२ की छात्रा एलिजा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले नवआगन्तुक विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विद्यालयका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन ओझा, प्रिन्सिपल गोविन्द ज्ञवाली, विद्यालय व्यवस्थापन समिति सदस्यहरू रामकृष्ण शर्मा ,कमला पन्थी तथा सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीको उपस्थिति रहेको थियो। यसैगरी शिक्षक प्रतिनिधि विशाल आचार्य तथा कोडिनेटरहरू मोहन भट्टराई, केशवराज भण्डारी र भानु भुसाल लगायतको आतिथ्यता रहेको थियो।

सोही अवसरमा विद्यालयका शिक्षक टिकाराम शर्मा तथा कर्मचारी पुष्य प्रसाद भुसाललाई उत्कृष्ट सेवाको कदर गर्दै नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

अनुसा ज्ञवाली र आयुष न्यौपानेले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गरिएको थियो। औपचारिक सभापछि विद्यार्थीहरूले विभिन्न रोचक गीत तथा आकर्षक नृत्यहरू प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.