चीनको सहयोगमा पाकिस्तानले स्याटेलाइट प्रक्षेपण गर्‍यो

Shares

पाकिस्तानले चीनको सहयोगमा आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरेको छ । पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो स्याटेलाइट प्रक्षेपण गरेको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएको छ । यो स्याटेलाइटले उच्च गुणस्तरका तस्वीरहरू पठाउने र यसले पाकिस्तानलाई शहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न मद्दत पुग्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार यो स्याटेलाइट पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनीहरू सीईटीसी र माइक्रोस्याटसँगको सहकार्यमा विकास गरेको हो ।

यस्तै पाकिस्तानको विदेश मन्त्रालयले यो स्याटेलाइटको उद्देश्य देशको विकासलाई अगाडि बढाउनु र नागरिकको जीवनस्तर सुधार गर्नु रहेको बताएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.