त्रिविको प्रशासनिक सुधारका लागि बुटवल क्याम्पसमा भेला: संरचनागत सुधारमा जोड

Shares

बुटवल,त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भिजन २०३० अनुसार प्रशासनिक कार्यहरूलाई मितव्ययी, सूचना प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यका साथ गठित संगठन तथा व्यवस्थापन सर्भेक्षण समितिको आयोजनामा बुटवल बहुमुखी क्याम्पसमा एक दिवसीय गोष्ठी सम्पन्न भएको छ।

समितिका संयोजक तथा नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख आतिथ्यता   त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसीको रहेको थियो।

कार्यक्रममा व्यवस्थापन सङ्काय केन्द्रीय विभागका प्रा.डा. भोजराज अर्याल, पूर्व प्रशासक सूर्यप्रसाद अधिकारी,त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्द थापा,समितिका सदस्य सचिव योजना लम्साल,भैरहवा बहुमुखी क्याम्पसका प्रमुख लक्की जोशी,बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. अरुण क्षत्री,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा. टंकप्रसाद पन्थ,महेन्द्र बहुमुखी क्याम्पस दाङका प्रमुख नारायण पन्थी,पक्लिहवा कृषि क्याम्पसका प्रमुख डा. जन्मेजय गैरे तथा सम्बन्धित क्याम्पसका लेखा प्रमुख र प्रशासन प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा समितिका संयोजक लक्ष्मण अर्यालले  कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई “तपाईंलाई कहाँ दुखेको छ? ढुक्कसँग बताउनुहोस्” भनी आफ्ना समस्या राख्न आग्रह गर्द विश्वविद्यालयले प्राध्यापक र कर्मचारीको कार्यक्षमतालाई सबल बनाउने कुरामा चासो राखेको कुरा बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. खड्ग केसीले त्रिविले ७७% विद्यार्थीको भार थेगेको र यो विश्वविद्यालय विश्वकै ठूला विश्वविद्यालयमा पर्ने उल्लेख गर्दै समयानुकूल सुधारको आवश्यकता रहेको बताउँदै प्रशासनिक तथा शैक्षिक संरचनागत सुधार, शिक्षणलाई प्रविधिमैत्री बनाउनुपर्ने र अनुसन्धान कर्मलाई शिक्षणसँग जोड्नुपर्ने विचार राख्दै अहिले त्रिवि सुधारको चरणमा रहेको र सबैले आ-आफ्नो क्षेत्रबाट सकारात्मक योगदान पुर्‍याउन आवश्यक रहेको समेत धारणा राख्नुभयो।

गोष्ठीमा क्याम्पस प्रमुखहरू र प्रतिनिधि कर्मचारीहरूले आ-आफ्नो क्याम्पसको विद्यमान अवस्था, भोग्नुपरेका समस्या र  सम्भावनाका बारेमा भनाइ राख्नुभएको थियो।

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. अरुणकुमार क्षत्रीले अतिथि र सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.