त्रिवि क्रिकेट मैदानमा उछिट्टिएको बलले चियर लिडर घाइते

Shares

१६ मंसिर, काठमाडौं – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका क्रममा उछिट्टिएको बल लागेर एक चियर लिडर घाइते भएकी छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घाइते हुनेमा शर्मिला विक रहेको पुष्टि भएको छ।

घाइते विकलाई तत्काल उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ, जहाँ उनको अनुहारमा चोट लागेको बताइएको छ।

जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेलमा चितवनका कप्तान कुशल मल्लले प्रहार गरेको छक्का प्रहारबाट उछिट्टिएको बल उनी बसेको स्थानमा पुगेपछि दुर्घटना भएको हो। घटना लगत्तै उनी रगताम्मे भएकी थिइन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.