देवदहमा गुञ्जियो बालकविताको लय: इप्साद्वारा आयोजित प्रतियोगितामा समीक्षा सुनामी प्रथम

Shares

देवदह ,रूपन्देही

पूर्वी क्षेत्र निजी विद्यालय एसोसियसन (इप्सा), देवदहको आयोजनामा अन्तरविद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता तथा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख ध्रुव प्रसाद खरेलले इप्साले देवदह क्षेत्रमा बालबालिकाको सर्वाङ्गीण विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि सञ्चालन गर्दै आएका साहित्यिक तथा अतिरिक्त क्रियाकलापहरूको उच्च प्रशंसा गर्नुभयो। उहाँले यस्ता रचनात्मक प्रतियोगिताहरूले विद्यार्थीहरूमा साहित्यिक चेतना, अभिव्यक्ति शैली र मौलिक सोचको विकास गराउन अहम् भूमिका खेल्ने समेत उल्लेख गर्नुभयो। कार्यक्रममा राम बहादुर गुरुङ ,कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पौडेल, बोधराज गौडेल तथा महेश पराजुली लगायतको आतिथ्यता रहेको थियो।प्रतियोगिताको निर्णायकको रूपमा  कवि रमेश समर्थन र कृष्ण प्रसाद पाण्डे रहनुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्षहरू टीकाराम चापागाईं, प्रेम नारायण केवट, राजेन्द्र पराजुली र हरी प्रसाद भट्टराईको समेत विशेष उपस्थिति रहेको थियो।

विभिन्न निजी विद्यालयका छात्रछात्राहरूको उत्साहजनक र प्रतिस्पर्धात्मक सहभागिता रहेको उक्त प्रतियोगितामा ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयकी छात्रा समीक्षा सुनामी प्रथम हुन सफल भइन्। त्यसैगरी नमुना एभरग्रीन स्कुलकी छात्रा नुराङ्ग सारु द्वितीय, सगरमाथा आवासीय माध्यमिक विद्यालयकी छात्रा आराध्या पौडेल तृतीय र एशियन लाइट स्कुलकी छात्रा वर्षा बोहरा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि नगर प्रमुख ध्रुव प्रसाद खरेल, इप्साका अध्यक्ष विनोद थापा मगर लगायत अतिथिहरूले नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै आयोजक तथा अतिथिहरूले सम्पूर्ण सहभागी र विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उहाँहरूको निरन्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पौडेलले गर्नुभएको थियो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.