देशको राजनीतिक अवस्था सहज छैन, जनअपेक्षा पूरा हुन सकेन : प्रचण्ड

Shares

काठमाडौं, १४ साउन / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन्। उनले पछिल्ला सरकारका गतिविधिले जनताले राखेको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले लोकतन्त्रमा राजनीतिक दलहरूले आ–आफ्ना धारणा राख्नु स्वाभाविक भए पनि निर्वाचनपछि बनेका सरकारहरूको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताए।

उनले गत निर्वाचनमा राजनीतिक दलहरूले आफ्ना एजेन्डा प्रस्तुत गरेको र जनताले त्यसकै आधारमा अभिमत दिएको स्मरण गराउँदै ती अपेक्षाअनुसार काम हुन नसकेको उल्लेख गरे।

“निर्वाचनपछि सरकारका गतिविधिले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,” उनले भने।

प्रचण्डले पछिल्लो समय देशको राजनीतिक तथा सामाजिक परिस्थिति झन् जटिल बन्दै जाने हो कि भन्ने चिन्ता आमरूपमा बढिरहेको पनि बताए। “दिनप्रतिदिन परिस्थिति अझ असहज बन्दै जाने हो कि भन्ने चिन्ता व्याप्त भएको छ,” उनले भने।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.