नेपाली यात्रुका लागि हङकङ ट्रान्जिट भिसा हट्यो

Shares

२८ कात्तिक, काठमाडौं । हङकङ सरकारले नेपाली राहदानीधारी यात्रुहरूलाई हङकङ ट्रान्जिट गर्दा लिनु पर्ने अनिवार्य ट्रान्जिट भिसा हटाएको छ। अब नेपालबाट हङकङ भएर तेस्रो देश जाँदा वा फर्किँदा ट्रान्जिट भिसा चाहिने छैन।

नेपाली महावाणिज्य दूतावास, हङकङका अनुसार नयाँ व्यवस्था १५ नोभेम्बरदेखि लागू हुनेछ। दूतावासले निरन्तर कूटनीतिक पहल र अनुरोधपछि हङकङ, जो चीनको विशेष प्रशासनिक क्षेत्र हो,ले यो निर्णय गरेको जनाएको छ।

नेपाली यात्रुका लागि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ट्रान्जिट गर्दा सन् २००५ जुनदेखि भिसा अनिवार्य गरिएको थियो। संसारकै व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङ विमानस्थलमा ट्रान्जिट भिसाको बाध्यताका कारण नेपाली यात्रुहरूले लामो समयदेखि कठिनाइ भोग्दै आएका थिए।

अब यो प्रावधान हटेसँगै हङकङ हुँदै यात्रा गर्ने नेपाली नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। साथै, हङकङ सरकारको निर्णयले नेपाल–हङकङबीचको द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.