२० असोज, काठमाडौं — असोज १८ गतेको भीषण वर्षाका कारण ठूलो क्षति पुगेको इलामको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्री आज त्यहाँ जाने तयारीमा छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री ओम प्रकाश अर्याल इलाम जाने कार्यक्रम तय गरिएको हो।
यदि मौसम अनुकूल भएमा दुबै मन्त्री आजै काठमाडौंबाट झापाको भद्रपुरसम्म हवाईजहाजमार्फत जाने र त्यसपछि हेलिकप्टर प्रयोग गरी इलाम पुग्नेछन्।
गत असोज १८ गतेको अविरल वर्षाले इलाममा ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने धेरै जना बेपत्ता र घाइते छन्। पहिरोले राजमार्ग, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ।
Post Views: 213






